Design by: Nischaltiwari.com.np

September 7, 2008

यस्तो छ हाम्रो राष्ट्रपति भवन

Filed under: भिडियो ब्लग — Administrator @ 10:07 pm


हाम्रो राष्ट्रपति भवन शितल निवास बाहिरबाट हेर्दा त राम्रो छ। तर भित्र कस्तो छ ? (more…)

भगुवा नेपाली डाक्टर अमेरिकी प्रहरीको फन्दामा

Filed under: समाचार र विचार — Administrator @ 12:48 pm


अमेरिकाको पेन्सिलभानियास्थित टर्नपाइकमा आफ्नो कारले एक अमेरिकी नागरिकलाई किचेर भागेका नेपाली डाक्टर शिवलाल आचार्य अन्ततः त्यहाँको प्रहरीको फन्दामा परेका छन्।

बीएमडब्ल्यु कार चलाएर पेन्सिलभानियातर्फ जाँदै गर्दा उनको कारले एक मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो। बिचरा ती मोटरसाइकल चालक ४६ वर्षका कीथ ब्राउन ठहरै भएछन्। दुर्घटना अनपेक्षित नै हुन्छ। गर्ने नै भनेर दुर्घटना शायदै कसैले गर्ला। तर सेप्टेम्बर ४ तारिख बिहीबार बिहान त्यस्तै ४ बजेतिर त्यो दुर्घटना भएपछि डा. आचार्यले अर्को गल्ती गरे- भागेर। एउटा गल्ती त उनले निर्धारित मापदण्डभन्दा तीब्र गतिमा मोटर चलाएर गरेकै थिए। नेपालमा भए यसोउसो गरेर केही गरी बच्न सकिन्थ्यो होला। तर अमेरिकाको प्रहरी चुप बसेन। हेलिकप्टरसमेत प्रयोग गरी उनलाई पेन्सिलभानियाको प्रहरीले खोज्यो र अन्ततः नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा फेला पार्‍यो। (more…)

योगको आकर्षण

Filed under: फोटो ब्लग, पाहुनाको पालो — Administrator @ 5:15 am

Yoga
योगलाई लोकप्रिय बनाउने अभियानमा लागेका रामदेवले केहीअघि काठमाडौँको टुँडिखेलमा शिविर सञ्चालन गरिसकेपछि काठमाडौँबासीहरु स्वस्थ रहन बिहानबिहानै योग गर्न जुर्मुराएका छन्। अहिले काठमाडौँका विभिन्न स्थानहरुमा बिहान सामूहिक योग शिविर लाग्ने गर्छ। साथी नविन बरालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको चौरमा एकाबिहानै गएर खिचेका केही फोटोहरुको संकलन। फोटो पत्रकारितामा रुचि राख्‍ने बरालको फोटोग्राफीसम्बन्धी ब्लग हेर्न यहाँ क्लिक गर्नुस्।

(more…)

September 6, 2008

सिट पुगेन सत्ता पक्ष बस्न

Filed under: समाचार र विचार — Administrator @ 5:28 pm


त्यसो त प्रधानमन्त्रीको निर्वाचन हुँदा काँग्रेस उम्मेदवार शेरबहादुर देउवालाई काँग्रेस कै सभासदहरुले मात्रै मत दिएका थिए। तर पनि प्रचण्डलाई मत दिने सबै सरकारमा सहभागी छैनन्। वर्तमान सरकार छ दलको मात्र हो- माओवादी, एमाले, फोरम, सदभावना, जनमोर्चा र नेकपा संयुक्त। राज्यमन्त्री बनाउँदा अरु दलका मन्त्रीहरु सहभागी भए मात्र हो, नत्र त अब थप दल यो सरकारमा सहभागी होला जस्तो छैन। सहभागी हुने हो भने महिला मन्त्रालयको एउटा फूल मन्त्री खाली नै छ। (more…)

शनिबार साहित्यः कविता लेख्‍नुस्

Filed under: अब तपाईँको पालो, साहित्य — Administrator @ 1:22 pm

शनिबार साहित्य अन्तर्गत यो सातादेखि कथामात्र नभएर कविताप्रेमी पाठकहरुका लागि एउटा खुला कविता लेखन कार्य पनि। यस अन्तर्गत हरेक साता एउटा फोटो यहाँ राखिनेछ र त्यसैमा आधारित कविता तपाईँहरुले लेख्‍नुपर्ने हुन्छ। माइसंसारका ‘आशुकवि’ हरुलाई पक्कै पनि यो काम गार्‍हो लाग्ने छैन होला। विषयवस्तुसँग असम्बन्धित कविता चाहिँ यसमा र अरु ब्लग पोस्टहरुमा पनि नराखिदिनु होला। लौ त चुनौति कविता लेख्‍ने, स्वीकार्ने हैन ? कीबोर्ड तयार पारिहाल्नुस्। कविता बाहेकका कमेन्ट यसमा नगरिदिनुहोला।

(more…)

प्रतिरुप

Filed under: साहित्य — Administrator @ 3:28 am

-प्रकाश अविनाश-

म चढ्ने बित्तिकै बस हुँइक्याइहालेकोले आफ्नो सन्तुलन मिलाउन सकिनँ , त्यसैले म हुत्तिएर पछाडि पुगें। हुत्याइएको सन्तुलन मिलाउन मैले जुन सिटको डण्डी समात्‍न पुगेँ, त्यसको ठीक पछाडिको सिटमा एकजना प्रौढ महिला र एकजना हुर्क्यौली किशोरी बसेकी थिइन्। निमेष भरमा प्रौढ महिलाको अनुहार नियालिसकेको मेरो नजर जब ती किशोरीको अनुहारमा पर्‍यो, त्यहीँ अडिरह्यो।

गोलो अनुहार, पाक्कपुक्क परेका राता गाला, ठूल्ठूला आँखा , सुलुत्त परेको चुच्चो नाक, छरितो जिउडाल भएकी उनीप्रति म यति आकर्षित भएछु कि , हुत्तिएर म जुन अवस्थामा डण्डी समाउन पुगेको थिएँ, धेरै बेरसम्म त्यही अवस्थामा उभिएर उनैलाई हेरेर टोलाउन पुगेछु।

कन्डक्टरले पिठ्युँमा धाप मारेर भाइ तेह्र नम्बर सिटमा गएर बस्नोस् भनेपछि पो म झसङ्ग हुन पुगेँ। संयोग, मैले पाएको सिट उनको भन्दा विपरीत दिशाको तर एक सिट अघिल्लो परेछ ,जहाँबाट मैले अलिकति मात्र मुन्टो बटारेर पनि उनलाई सजिलै हेर्न सक्थें। (more…)

मिस नेपाल हैन, मेगा मोडल

Filed under: फोटो ब्लग, भिडियो ब्लग — Administrator @ 3:05 am

कति राजनीतिका कुरा मात्र गर्ने। आज सुन्दरीका कुरा गरौँ न। मिस नेपाल प्रतियोगिता त विभिन्न महिला संगठनहरुको विरोधका कारण हुन सकेन, तर इमेज च्यानलको आयोजनामा भएको मेगा मोडल प्रतियोगिता भने हिजो सकिएको छ। प्रतियोगिता जितेर मेगा मोडल बन्न सफल भइन् स्वस्तिका राजभण्डारी। महिनौँसम्मको प्रतिस्पर्धापछि चुनिएका अन्तिम ५ बीच भएको अन्तिम प्रतिस्पर्धामा बाँकी ४ लाई उछिन्दै स्वस्तिकाले उपाधि जितेकी हुन्। ५ फिट २ इञ्चकी २० वर्षीया स्वस्तिका प्लस टूकी विद्यार्थी हुन्।

(more…)

September 5, 2008

भारतका नागरिक नेपालका मन्त्री !

Filed under: समाचार र विचार — Administrator @ 3:13 pm


आवासीय प्रमाणपत्रले भन्छ- हाम्रा स्थानीय विकास मन्त्री रामचन्द्र झाको निवास भारतको बिहार, मधुवनी जिल्लाको हरलाखीमा पर्छ।

रामचन्द्र झा हाम्रा मन्त्री। तर नागरिक चाहिँ भारतका। नेपालको कानूनले दुई मुलुकको नागरिकता लिनेलाई जन्मकैदको व्यवस्था गरेको छ। तर एमालेको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने झा नेपाली राष्ट्रिय झन्डा फहराउँदै सेनाको सुरक्षामा ठाँटका साथ हिँड्छन्।भारतीय लबिङका लागि ‘साउथ ब्लक’ले खटाएका व्यक्ति भनेर चर्चामा रहेका मन्त्री झाको नाम बिहार राज्य, मधुवनी जिल्लाको भोटर लिस्टमा समेत पाइएको छ।भारतीय निर्वाचन आयोगका अनुसार उनको मतदाता क्रमसंख्या ६५१ हो भने हरलाखी, मधुवनीस्थित झाको घर नम्बर १३२ हो। (more…)

ऋषि पञ्चमिको रमाइलो

Filed under: फोटो ब्लग — Administrator @ 12:50 pm


टेकुको ऋषेश्वर मन्दिरबाहिर नृत्य गरिरहेकाहरुलाई हेर्दै रमाइरहेकी एक वृद्धा।

ऋषि पञ्चमि पर्वमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको ठूलो भीड र विशेष मेला लाग्ने गर्छ। हिजो त्यहाँ खिचिएका केही फोटोहरु इन्टरनेटको अभावले राख्‍न नसकिएकोले आज राखेको छु। ठूला आकारमा फोटोहरु हेर्न मेरो फोटो ब्लगमा जानुस्।
(more…)

September 4, 2008

संकटकालको घोषणा

Filed under: समाचार र विचार — Administrator @ 2:48 pm

माओवादी नेतृत्वको छ पार्टी सम्मिलित गठबन्धन सरकारले आज संकटकालको घोषणा गरेको छ। तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरेपछि नेपालमा संकटकालको घोषणा भएको यो पहिलो अवसर हो। गणतन्त्र नेपालमा संकटकालको घोषणा भएको पनि यो पहिलो अवसर नै हो।

यद्यपि, यसअघिका संकटकाल राजनीतिक कारणले घोषणा गरिएका थिए भने यसपटक प्राकृतिक प्रकोपका कारण गरिएको हो। संकटकाल सुनसरी जिल्लाका बाढीप्रभावित सात वटा गाविसका लागि मात्र लागू हुनेछ।
(more…)

साँझको बेला, पशुपतिको मेला

Filed under: फोटो ब्लग — Administrator @ 10:19 am


विश्व सम्पदा सूचिमा दर्ता भएको नेपालको एक पवित्र धार्मिक स्थल पशुपतिमा साँझको बेला तीजको मेला आफ्नो क्यामेरामा कैद गर्न हामी केही कलेजका साथीहरु दिउँसोदेखि त्यहाँ बसेका थियौँ। एक ठाउँमा बाँदरहरुको संभावित आक्रमणबाट जसोतसो बचेर साँझको प्रतीक्षामा पशुपतिको मन्दिर देखिने डाँडामा राखिएका कुर्सीहरुमा बस्यौँ। सूर्य अस्ताइसकेपछि बल्ल हामीले खोजेको मूड देखापर्‍यो। अनि पौने सात बजेदेखि खिच्न थालेका फोटोहरु यहाँ राखेको छु। (more…)

निरीह जीवन चक्र (भाग-४)

Filed under: पाहुनाको पालो — Administrator @ 5:04 am

-विवश असन्तुष्टि/ क्यानाडा-

सुरुमा त क्यानाडाको जीवनको तीतो सत्य ओकल्ने क्रममा तेस्रो भागपछि काम विशेषले यो चौथो भाग लेख्‍न अलि ढिला भएकोमा क्षमा माग्छु। अबदेखि हरेक साता यो क्रम फेरि सुचारु हुनेछ।

समयको कालचक्र सँगसँगै सब क्रियाकलापहरु निरन्तर रुपमा गतिशील हुँदो रहेछ । मेरी श्रीमति काममा जान आउन प्रायजसो उसँगै काम गर्ने मित्रको लिफ्टमा हुन्थ्यो भने मलाई पनि काममा जानको लागि खास गाह्रो भान भएन। किनभने मैले पनि सँगै काम गर्ने मित्रको साथ पाएको थिए जान आउनको लागि । तथापि कहिलेकाहीँ उनीहरु समयमा जाने टुङ्गो नहुँदा भने दिक्क पनि लाग्दथ्यो । उता मेरी श्रीमतिको त्यो मित्रसँगको सम्बन्ध पनि दिनदिनै प्रगाढ हुँदै गरेको भान हुन्थ्यो मलाई । अनि कहिलेकाहीँ त्यो मित्रसँग नजान सल्लाह पनि दिन्छु तर अर्को विकल्प पनि त थिएन । यसकारण पनि गाडी एउटा त नकिनी नहुने भएको छ । (more…)

राज्य पुनर्संरचनाको पक्षमा

उत्तम बाबु श्रेष्ठ

गएको केहि समय चलेको प्रधानमन्त्रीको टोपी, र टाईको पट्यारलाग्दो र निरर्थक बहसपछि बल्ल देश एउटा गम्भीर विषयको बहसमा प्रवेश गर्न लागेको छनक मिलेको छ । संविधान सभाको निर्वाचन भएको चार महिनापछि ढिलै भएपनि राज्य पुनर्संरचनाको विषय उठान गरिदिएर देशलाई गम्भीर बहसमा लैजान एउटा महत्वपूर्ण विषयको थालनी गरिदिनु भएकोमा मन्त्री गोपाल किराँतीलाई हार्दिक धन्यवाद । उहाँको प्रस्तावको विस्तृत विवरणहरु आइनसकेको भएतापनि उक्त विषयमा विभिन्न विचारहरु मन्थन गरेर बहसलाई नयाँ उचाईमा उठाउन जरुरी छ । किनकी वर्तमान संविधान सभाको मुख्य कामहरू मध्येको एक काम नै राज्य पुनर्संरचना हो । (more…)

September 3, 2008

नेपाल- सुरक्षित गन्तव्य

Filed under: समाचार र विचार, फोटो ब्लग — Administrator @ 3:49 pm


सुरक्षा, त्यसमाथि अमेरिकी कूटनीतिज्ञको। सार्‍है कडा हुन्छ। तपाईँहरुले पनि अनुभव गर्नुभएकै होला। अमेरिकी दूतावास वरपर त क्यामेराको ‘क’ पनि सोझ्याउनु हुँदैन, झ्याप्प पारिहाल्छन्, अरु गर्ने त कल्पनै नगरौँ। दूतावास भवनभित्र छिर्न पाउनु भयो भने तपाईँको पूरै शरीर केरकार पारिन्छ। गोजीमा भएको सिक्का समेत तपाईँ भित्र लान पाउनु हुन्न। त्यसैले हिजो तीजका दिन पशुपति क्षेत्रमा घरमा लगाउने सामान्य सर्ट प्यान्ट लगाएर निष्फिक्री क्यामेरा तेर्साउँदै फोटो खिचिरहेकी एक अधवैंशे विदेशी महिलालाई देख्‍दा सुरुमा त उही विदेशतिरबाट भ्याकेसन मनाउन नेपाल आएकी एक महिला जस्तो लाग्यो।

…..तर हैन, उनी त अमेरिकी राजदूत न्यान्सी जे पावेल पो रहिछिन्। सुरक्षा चासो यस्तो बढिरहेको बेला दुनियाँमा कुनै त्यस्तो देश होला त जहाँ अमेरिकी कूटनीतिज्ञ यसरी निष्फिक्री हिँड्न पाइने ? उनीहरु त चारैतिर सुरक्षाकर्मीहरु डोर्‍याएर हिँड्न बाध्य छन्। तर यहाँ हेर्नुस् त…..यो हिसाबमा नेपाल एक सुरक्षित गन्तव्य हैन र ? सुरक्षित गन्तव्यको प्रचार त पावेल आफैले गर्दै हिँडेकी जस्तो लाग्यो, हैन र ? (more…)

तीजको लहर आयो बरि लै…

Filed under: फोटो ब्लग — Administrator @ 2:49 pm

हिजो तीजका दिन पशुपतिमा कलेजका साथीहरुसितको भेटले फोटो खिच्न निकै मजा भएको थियो। तीजको रमझम साथी नवीन बरालको क्यामेरामा यसरी कैद भएको छ।

पतिको दीर्घायुको कामना गर्ने भन्दाभन्दै आफै ढल्न पुगेकी एक ब्रतालु।
(more…)

Next Page »
Insurance, in law and economics, is a form of risk management primarily used to hedge against the risk of a contingent loss. Insurance is defined as the equitable transfer of the risk of a loss, from one entity to another, in exchange for a premium. An insurer is a company selling the insurance. The insurance rate is a factor used to determine the amount, called the premium, to be charged for a certain amount of insurance coverage. Risk management, the practice of appraising and controlling risk, has evolved as a discrete field of study and practice.In some sense we can say that insurance appears simultaneously with the appearance of human society. We know of two types of economies in human societies: money economies (with markets, money, financial instruments and so on) and non-money or natural economies (without money, markets, financial instruments and so on). The second type is a more ancient form than the first. In such an economy and community, we can see insurance in the form of people helping each other. For example, if a house burns down, the members of the community help build a new one. Should the same thing happen to one's neighbour, the other neighbours must help. Otherwise, neighbours will not receive help in the future. This type of insurance has survived to the present day in some countries where modern money economy with its financial instruments is not widespread (for example countries in the territory of the former Soviet Union). Turning to insurance in the modern sense (i.e., insurance in a modern money economy, in which insurance is part of the financial sphere), early methods of transferring or distributing risk were practiced by Chinese and Babylonian traders as long ago as the 3rd and 2nd millennia BC, respectively. Chinese merchants travelling treacherous river rapids would redistribute their wares across many vessels to limit the loss due to any single vessel's capsizing. The Babylonians developed a system which was recorded in the famous Code of Hammurabi, c. 1750 BC, and practiced by early Mediterranean sailing merchants. If a merchant received a loan to fund his shipment, he would pay the lender an additional sum in exchange for the lender's guarantee to cancel the loan should the shipment be stolen. *

Powered by WordPress